उद्धार र राहतलाई प्रभावकारी बनाऔँ : प्रचण्ड

फाइल फाेटाे

२ असार, काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी र पहिरो पीडितको उद्धार र राहतलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै बाढी पहिरोमा परी बेपत्ता भएकाको खोजी गर्न सरकारसँग आग्रह गरेका हुन् ।

उनले राहत र उद्धारमा आआफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

 

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया दिनुहोस