घट्यो सुनको मूल्य

२ असार, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । प्रति तोलामा १०० रुपैयाँले आज सुन ९३ हजार १०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य ९२ हजार ६०० कायम भएको छ ।

यसै गरी चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया दिनुहोस