३ असार, काठमाडौँ । युरोकप फुटबलमा वेल्सले टर्कीविरूद्ध शानदार जित हात पारेको छ ।

बुधबार राति सम्पन्न खेलमा खेलमा टर्कीलाई २—० गोलले हराउँदै वेल्सले पहिलो जितसमेत हासिल गरेको छ ।

बाकु ओलम्पिक स्टेडियम वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले एक एक गोल गरे ।

जितसँगै समूह ‘ए’ को वेल्सले २ खेलमा ४ अंक जोड्दै समूहको शीर्ष स्थानमा पुगेको छ ।

टर्कीको यो लगातार दोस्रो हार हो । टर्कीलाई पहिलो खेलमा इटालीले ३–० ले हराएको थियो ।