घट्यो सुनको मूल्य

३ असार, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा १ हजार १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबारको तुलनामा आज सुन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेर तोलाको ९२ हजार रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस