अभावै अभाववाट उदाउदै गरेका एक सिद्धहस्त

तस्बिरः महेश न्याैपाने

४असार, रोल्पा । न त राम्रो जग्गा जमिन । न त गाउँमै गरि खाने अरु विकल्प । शहरमा काम खोजेर परिवार पाल्न साविक खुमेल गाविस ९ खेवासेवाट सदरमुकाम झ¥यो नरेन्द्रको परिवार । नरेन्द्र सानै थिए । दुई छाक खानकै लागि वुवा आमाले गर्दै आएको संघर्ष उनको बालापनले बुझ्ने कुरै भएन । यस्तै दुखै दुखमा हुर्किए उनी ।

नरेन्द्र विक अर्थात रोल्पाका नवोदित सिद्धहस्त कलाकार । गरिव दलित परिवारवाट उदाउदै गरेका उनलाई सानै देखी चित्र वनाउने, साईनवोर्ड लेख्ने चासो थियो । उनले फुर्सद भयो की चित्र कोरी हाल्थे । घरमा होस या कक्षा कोठामा फुर्सद भयो की चित्रमा ध्यान जान्थ्यो । उनलाई एसईइ परिक्षाको तयारीका लागी ५ महिने होस्टेल वसाई कोसेढुंगा भयो ।

होस्टेल वसाईमा सवै समय पढाईमा लगाउनु पर्ने अर्थात घरमा जस्तो घरायसी काम गर्नु पर्ने कुरा भएन । पढेर वचेको समय उनले कलालाई परिस्कृत गर्न सदुपयोग गरे । साथीहरुलाई वीचमा राखेर उनीहरुको चित्र कोर्थे । आफ्नो दुरुस्त फोटो उतारेकोमा साथीहरुले हौसला दिन्थे । हुनेखानेहरुले त नरेन्द्रले तयार गरेका आफ्ना फोटा किन्ने पनि गर्थे । साथीहरुको हौसलाले उनलाई थप उर्जा मिल्दै गयो । एसईइ परिक्षासंगै उनको ५ महिने होस्टेल वसाई सकियो । परिक्षाको रिजल्ट नआउदा सम्म उनी फुर्सद भए । उनका अधिकांश समकक्षीहरु व्रिजकोर्ष पढ्न काठमाण्डौ, पोखरा जस्ता ठूलठूला शहरमा गए पनि उनलाई घरको आर्थिक अवस्थाले त्यसो गर्न दिएन । उनले फुर्सदको सदुपयोग गर्दै आफ्नो कलालाई थप तिखार्ने सोच वनाए ।

रोल्पाका सिद्धहस्त र प्रतिष्ठित कलाकार रामचन्द्र श्रेष्ठसंंग थप सीप सिक्न गुरुकोमा गए । गुरुले मेरो कला प्रतिको तृष्णालाई वुझ्नु भएछ,अनुरोध स्वीकार्नु भयो नरेन्द्र भन्छन । गुरु रामचन्द्रवाट आफुले धेरै कुरा सिकेको नरेन्द्रको भनाई छ । गुरुको कलासाधनाले मलाई थप आकर्षित ग¥यो नरेन्द्रले भने । मेरा साना साना कमजोरीलाई सच्याएर अघि वढ्न प्रेरणा मिल्यो । चित्रकलामा चासो भएका नरेन्द्रले गुरु रामचन्द्रवाट साईनवोर्ड लेखन, व्यानर लेखन र भित्ते लेखनको समेत सीप सिके ।

धेरै काम कोठामै वसेर गरेपनि कहिले काही भित्तेलेखन गर्नुपर्दा भने वाहिरै जानुपर्छ । कला मात्र हैन पढाई पनि साथसाथै लैजाने चूनौती छ उनलाई । दुखजीलो गरेर छोरालाई ठुलो मान्छे वनाउने वुवा आमाको सदिच्छा पुरा गर्नुछ उनलाई । त्यसोत उनको छिमेकमा एसएलसी भन्दा माथि पढेकाहरु पाउनै मुस्किल छ । ७/८ कक्षा पढ्यो, ईन्डिया वा खाडी गयो, यस्तै वातावरणमा हुर्के पनि नरेन्द्रमा भने पढ्नुपर्छ भन्ने भावना सानैदेखी गढेको थियो ।

त्यसैले सदरमुकाम लिवाङमा रहेको वालकल्याण नमूना माविमा कक्षा ११ मा पढ्छन उनी । कलासाधनामा लागेका नरेन्द्रलाई विज्ञान वा ईन्जिनियरिङ पढ्ने धोको नभएको हैन । त्यसका लागि उनले एसइइमा आवश्यक अंक पनि ल्याए तर कला नै उनको पहिलो रोजाई । साथसाथै ती विषय पढ्दा घरको आर्थिक अवस्थाले नभ्याउने त्यसैले आर्टस रोजे उनले । विहान कलेज जाने दिउसो कलासाधनामा लाग्ने । यसैगरि दैनिकी वित्ने गर्छ उनको ।

ज्यालामजदुरी गरेको पैसाले घरभाडा तिर्नु, साझ विहानको खाना जोहो गर्नु नरेन्द्रका वुवा आमाका लागी ठूलै चूनौती रहेका वेला छोरालाई कापी कलम, झोला, विद्यालय पोशाक तथा खाजाका लागी पैसा जुटाई दिनु कम्ति चूनौती थिएन । नरेन्द्रले तल्ला कक्षाहरु जसोतसो पार गरे । एसइइ पछिको पढाई झन खर्चिलो भए पनि उनी अव आफ्नै कमाईले ती समस्या हल गर्न सक्ने भएका छन । व्यानर, साईनवोर्ड तथा वालपेन्टीङको काम आईरहन्छन त्यसैवाट आउने पैसाले अध्ययन गर्न सहज भएको छ नरेन्द्रले भने । विद्यालयहरुको शिसुकक्षाको भित्तामा लेखिने चित्रले पनि उनको कलालाई प्रवद्र्धन गर्न सहयोग गरेको छ । उनले ती भित्तामा आफ्नो चित्रकला उपयोग गरेका छन ।

कलासाधनाको छोटैसमयमा उनले त्यस क्षेत्रका केही समस्या समेत अनुभूती गरेका छन । पछिल्लो पटक भित्रिएको डिजिटल प्रिन्टले हस्तलेखनलाई विस्थापन गरेकोमा उनी चिन्तित छन । छिटो र सस्तोको नाममा अहिले डिजिटल प्लेक्स प्रीन्टले हस्तकलालाई विस्थापित गर्दा नेपालको कलासंस्कृतीको संरक्षण नहुने हो की भन्ने चिन्ता छ उनलाई । डिजिटल फलेक्स प्रीन्टको प्रयोग पर्यावरणीय हिसावले पनि वातावरणमैत्री छैन नरेन्द्रले भने । सरकारी कार्यालयहरुले प्रयोग गर्ने व्यानरहरु हस्तलिखित व्यानर प्रयोग गर्न सके मात्रै पनि वातावरण संरक्षणमा टेवा पुग्ने मात्र नभई नेपालको मौलिकता जोगाउन सकिन्थ्यो नरेन्द्रले भने ।

प्रकाशित मिति : २०७८ असार ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस