
९असार, काठमाडौं । चारवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।
आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार