पहिरोमा परी घाइते दुई जनाको हेलिकप्टरबाट उद्धार

९असार, रोल्पा । अविरल वर्षाका कारण गएराती घरमाथिबाट आएको पहिरो परी घाइते भएका २ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

गएराती साढे १२ बजेतिर आएको पहिरोमा परी रोल्पा नगरपालिका–९ ह्वामाका टिकासिङ बुढाको घर पुरिदा उनकी ८६ वर्षीया आमा क्रती बुढा, १८ वर्षीया बुहारी सुशीला बुढा र १५ वर्षीया छोरी श्यामकला बुढाको ज्यान गएको थियो ।

पहिरोमा परेर घाइते भएका ४० वर्षका टिकासिङ बुढा र उनका छोरा शक्तिमान बुढालाई हेलिकप्टरबाट उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको रोल्पाका प्रहरी नायब उपरिक्षक नरेश सुवेदीले जानकारी दिए ।

यस्तै सामान्य घाइते भएका ४५ वर्षिया सुनमाया बुढाको गाउँकै स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।

मृतक ३ जनाको शव पोष्टमार्टमका लागि हेलिकप्टरबाट रोल्पा अस्पताल रेउघा ल्याइएको छ ।

प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस