घट्यो सुनको मूल्य

१० असार, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । तोलामा २०० रुपैयाँ घटेको सुन आज प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य भने प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असार १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस