सुनछहरी गाउँपालिकाले ल्यायो साढे ३५ करोड ४५ लाखको बजेट

१० असार,पोबाङ । सुनछहरी गाउँपालिकाले आर्थिक बर्ष २०७८/०७९ का लागि ३५ करोड ४५ लाख ३ हजार एक सय सत्ताइस रूपैयाँ ५७ पैसा बजेट पस्तुत गरेको छ ।

गाउँपालिकाको १० औँ गाउँसभामा आर्थिक विकास समितिका संयोजक टिका बहादुर बुढामगर प्रस्तुत गरेका हुन् ।

चालु तर्फ २४ करोड ४० लाख ५ हजार चार सय तिस रूपैयाँ ६८ पैसा र पुँजिगत तर्फ ११ करोड ९ लाख पचहत्तर हजार रूपैयाँ विनियोजन गरिएको छ ।

विनियोजित बजेट मध्य संघीय सरकारबाट २२ करोड ५० लाख लुम्बिनि प्रदेश सरकारबाट ७ करोड ७३ लाख १ सय २७ रूपैयाँ ५७ पैसा, आन्तरिक आय र अनुमानित अल्याबाट १ करोड ९३ लाख ८० हजार अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७८ असार १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस