रोल्पा त्रिवेणी गाउँपालिकाको बजेट ४९ करोड ७४ लाख

१०असरा,जुँगार । रोल्पाको त्रिवेणी गाउँपालिकाले ४९ करोड ७४ लाख ४ हजार ३ सय ५९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाका १० औं गाउँसभामा उपाध्यक्ष सावित्रा बुढाले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेकी हुन् ।

गाउँपालिकाले स्वास्थ्य,कृषि,शिक्षा, खानेपानी, सडक, विद्युत,विपद, लक्षित वर्ग र पूर्वाधार लगायतलाई प्राथमिकता दिएको छ।

विनियोजित बजेटमध्ये वित्तीय समानीकरण, राजश्व बाँडफाँड तथा आन्तरिक आम्दानी शिर्षकबाट चालु तथा पुँजीगत तर्फ विनियोजन गर्न मिल्ने गरी २२ करोड ५ लाख २५ हजार ३ सय ७६ रुपैयाँ छुटईएको छ ।

चालु तथा कार्यालय व्यवस्थापन तर्फ ७ करोड ९७ लाख ५६ हजार ३ सय ७६ रहेको छ ।

क्षेत्रगत विकास तर्फ गाउँपालिकाले आर्थिक विकासका लागि ९० लाख, सामाजिक विकासका लागि ४ करोड ३८ लाख १९ हजार २ सय,पूर्वाधार विकासमा ५ करोड २३ लाख ७५ हजार, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ५० लाख १९ हजार,संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि २० लाख र सबै वडा कार्यालयतर्फ २ करोड ८५ लाख ५५ हजार ८ सय रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २०७८ असार १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस