रोल्पा नगरपालिकाले ल्यायो ७० कोराड ४१ लाखको बजेट

१०असार,रोल्पा । रोल्पा नगरपालिकाले ७० करोड ४१ लाख ९१ हजार बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको नवौं नगरसभामा उप-प्रमुख मनकुमारी घर्तीले आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनि गरेकी हुन ।

कुल विनियोजनको हिस्सामा विकास बजेट तर्फ २३ करोड ८० लाख ४१ ह्जार र साधरण तर्फ ४६ करोड ६१ लख ५० हजार रहेको छ । यस्तै चालु आर्थिक वर्षमा रोल्पा नगरपालिकामा कुल बजेट ७६ करोड ७९ लाख ९० हजार ३ सय ७७ रहेको थियो ।

नगरपालिकाले आमासँग उपमेयर कार्यक्रम र ‘यूवा सहितको गाउँ, रोल्पा नगरपालिका समृद्धिको अर्को नाउँ’ यूवा निति सहितको कार्यक्रम ल्याएको छन ।

यस्तै विश्वभरी फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि नगरपालिकाले आफैं खरिद गरेर शिक्षक सहित लक्षित नागरिकहरुलाई खोप प्रदान गर्ने पारित गरेको छ ।

रोल्पा नगरपालिकाले शिक्षा नीति अन्र्तगत संघीय तथा प्रदेश सरकारले निर्देशन गरेका कार्यक्रम सहित रोल्पा नगरपालिकालाई शैक्षिक हब बनाउनका लागि समेत विभिन्न कार्यक्रमहरु तय गरेको छ ।

रोल्पा नगरपालिका भित्रका नगरबासीहरुलाई समृद्ध र सुखी बनाउनका लागि विभिन्न नयाँ योजना तथा कार्यक्रमहरु सँगै १ देखी १० नम्बर वडासम्मका नागरिकहरुलाई सकारात्मक प्रभाव पार्ने खालका कृषि, स्वास्थ्य, पशु, उद्योग, शिक्षा लगायत विकास र पर्यटनको क्षेत्रमा समेत विभिन्न बजेटहरु बिनियोजन गरेको छ ।

रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडलेको सञ्चालनबाट शुरु भएको कार्यक्रममा नगर कार्यपालिकाका प्रवक्ता मिमबहादुर घर्तीले रोल्पा नगरपालिकाका १० वटै वडाका विभिन्न योजना तथा कार्यक्रमहरु एवम बजेट समेत प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ असार १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस