
१० असार, रोल्पा । रोल्पाको गङ्गादेव गाउँपालिका ७ का मृगौला रोगी वीरबहादुर घर्तीमगरलाई उपचार गर्न आर्थिक सहयोग हस्तातरण गरिएको छ ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका ४ का अभियन्ता मनिष विष्टको अगुवाईमा सञ्चालन गरिएको अभियान मार्फत सङ्कलन गरिएको १ लाख ५५ हजार ६ सय बढी रकम सोमबार वीरबहादुरको परिवारलाई हस्तातरण गरिएको हो ।
केही महिना देखि दुवै मृगौलाले काम नगरेपछि वीरबहादुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र सानोठिमी भक्तपुरमा उपचार भैइरहेको छ । अभियन्ता विष्टको अगुवाईमा सङ्कलित रकम सुलिचौरमा एक कार्यक्रमको आयोजना गरी अम्मीसरा स्मृति हेल्प फाउण्डेसन मार्फत मृगौला रोगीका भाइ मिलन घर्तीमगरलाई हस्तातरण गरिएको हाे।
आर्थिक अवस्था कमजोर भएका वीरबहादुरको उपचारमा समस्या भएको भन्दै परिवारले सहयोगको याचना समेत गरेको छ ।
प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार