सरकारले घटायो पेट्रोल र डिजेलको मूल्य

११ असार, काठमाडौं । पछिल्लो समय लगातार बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा भएको छ।

शनिबार आयोजित आकस्मिक पत्रकार सम्मेलनमा पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्यले घटाउने घोषणा भएको हो।

सरकारको निर्णयसँगै १९९ कायम रहेको पेट्रोलको मूल्य १७९ रुपैयाँ हुनेछ। यस्तै डिजेलको मूल्य हाल १९२ रुपैयाँ रहेकोमा अब २९ रुपैयाँ घटेर १६३ रुपैयाँ कायम गरिएको छ। घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ।

प्रकाशित मिति : २०७९ असार ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस