घरको छतबाट खसेर बालकको मृत्यु

११असार, रौतहट। रौतहटको राजपुर नगरपालिकामा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ।

राजपुर–५ निवासी झुनु साहका तीन वर्षीय छोरा शिवजी साह आफ्नै घरको छतबाट खसेका थिए ।

उनको उपचारको कर्ममा मृत्यु भएको थियो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको रौतहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस