नेपाल भेटेरिनरी एसोसिएसनले मनायो ५८ औं स्थापना दिवस

१२ असार, रोल्पा। पशु चिकित्सकहरूको पेशागत छाता संगठन नेपाल भेटेरिनरी एसोसिएसनले आफ्नो ५८औं स्थापना दिवस मंगलबार देशव्यापी रूपमा विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरिएको छ।

एसोसिएसनको केन्द्रिय कार्यसमितिले काठमाडौंमा बृहत रक्तदान कार्यक्रम तथा ूनेपालमा भेटेरिनरी सेवास् वर्तमान अवस्था र सम्भावनाहरूू विषयक अन्तरक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको थियो।

त्यस्तै सातवटै प्रादेशिक समितिहरूले निःशुल्क पशु स्वास्थ्य उपचार शिविर, खोप कार्यक्रम, तालिम तथा टक प्रोग्राम, सचेतनामूलक गोष्ठी, रक्तदान, लगायतका विविध रचनात्मक कार्यक्रमहरू गरि मनाएका छन् ।

काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा एसोसिएसनका पूर्व अध्यक्ष डा। नरेन्द्र बहादुर सिंह प्रमुख अतिथि तथा अध्यक्ष डा। केदार सुबेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम सञ्चालन महासचिव डा। शंकर न्यौपानेले गरेका थिए।

कार्यक्रममा पूर्व अध्यक्षहरू डा। भोला मेहर श्रेष्ठ, डा। प्रलाद सापकोटा, डा। बज्र किशोर प्रसाद शाह, डा। बिमल कुमार निर्मल, डा। सितलकाजी श्रेष्ठ, डा। रामकृष्ण खतिवडा लगायत वरिष्ठ भेटेरिनरी चिकित्सकहरू तथा विभिन्न क्षेत्रमा कार्यरत चिकित्सकहरूको उपस्थिति रहेको थियो।

पूर्व अध्यक्ष एवं पशु सेवा विभागका पूर्व महानिर्देशक डा। बिमल कुमार निर्मलले ूनेपालमा भेटेरिनरी सेवास् वर्तमान अवस्था, सम्भावनाहरू र एसोसिएसनको भूमिकाू विषयमा कार्यपत्र प्रस्तुत गरे।

यस्तै, कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व उपकुलपति प्रा।डा। आइ।पी। ढकालले ूनेपालमा भेटेरिनरी शिक्षास् वर्तमान अवस्था र अबको बाटोू विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

डा। भोला मेहर श्रेष्ठ, डा। बज्र किशोर प्रसाद शाह र डा। रामकृष्ण खतिवडा सम्मिलित प्यानल छलफलको सञ्चालन प्रधान सम्पादक डा। हिमाल लुइँटेलले गरे।

कार्यक्रम बोल्ने वक्ताहरूले संघीयतापछि देखिएको समन्वय अभाव, प्रतिजैविक प्रतिरोध, जोनोसिस, ुवन हेल्थु अवधारणा, भेटेरिनरी विश्वविद्यालयको आवश्यकता लगायतका समसामयिक चुनौतीहरूमा एसोसिएसनले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका थिए।

रक्तदान कार्यक्रममा एसोसिएसनका अध्यक्ष डा। केदार सुबेदी, पूर्व अध्यक्ष डा। सितलकाजी श्रेष्ठ, पशु सेवा विभागका महानिर्देशक डा। रामनन्दन तिवारीसहित ४० जनाले रक्तदान गरेको आयोजकले जानकारी दिएको छ।

देशभर सञ्चालन गरिएका निःशुल्क स्वास्थ्य उपचार तथा खोप कार्यक्रमबाट हजारौँ पशुपंक्षीलाई सेवा प्रदान गरिएको छ।

कार्यक्रम समापनमा अध्यक्ष डा। सुवेदीले देशभर भएका छलफल तथा अन्तरक्रियाबाट प्राप्त सुझाव र सन्देशहरूलाई मनन् गरी नेपाल सरकार तथा सम्बन्धित निकायहरूसमक्ष प्रस्तुत गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

महासचिव डा। न्यौपानेले पूर्व अध्यक्षहरू डा। नरेन्द्र बहादुर सिंह, डा। भोला मेहर श्रेष्ठ, डा। प्रलाद सापकोटा लगायत सम्मानित व्यक्तित्वहरूको प्रेरणादायी योगदान, अग्रजहरूको समर्पण, नयाँ पुस्ताको उत्साह र जोश, साथै केन्द्रिय एवं प्रादेशिक कार्यसमितिहरूको सक्रियताले संस्थालाई थप सशक्त र गतिशील बनाएको उल्लेख गरे।

प्रकाशित मिति : २०८२ असार १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस