१४ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५ सय ९ र ४ हजार ९ सय ९२ जनाको एन्टिजेन परीक्षणमा ९ सय ३५ जना गरी २४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । त्यस्तै ३ हजार ८ सय ५३ जना संक्रमणमुक्त भएका छन् ।