१५असार, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले १८ औँ राष्ट्रिय धान दिवस मनाईएको छ ।
चेतना परिवर्तनशील कृषक समूह जुँगारको समन्वयमा गाउँपालिकाले जिउखोलामा धान रोपाई कार्यक्रम सम्पन्न गरेको हो ।
धान राेपाई कार्यक्रममा गाउँपालिका अध्यक्ष शान्तकुमार वली, उपाध्यक्ष शावित्रा बुढा ( घर्ती), प्रमुख प्रशासकीय अधिकृत नीमबहादुर केसी, वडा नम्बर ५ का वडाध्यक्ष कृष्णबहादुर केसी, वडा नम्बर ६ का वडाध्यक्ष लेखमणी डाँगी लगायत किसानहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति : २०७८ असार १५ गते मङ्गलवार


