‘प्रचण्ड’ लगायतले मागे प्रधानमन्त्री ओलीको राजीनामा

१६ असार ,काठमाडौँ । नेपाल कम्युस्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनाम माग गरेका छन्।

मंगलबार स्थानीय कमितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले सरकार र पार्टी सञ्चालनमा असफल भएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेको हुन ।

बैठकमा अध्यक्ष प्रचण्डले पछिल्ला राजनीतिक घटनाक्रमको व्याख्या गर्दै यस अवधिमा भएका गल्ति कमजोरी औँल्याउँदै प्रधानमन्त्रीको राजीनामा माग गरेको एक नेताले जानकारी दिएका छन् ।

उनका अनुसार ओलीले मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर गल्ती गरेको भन्दै प्रचण्डले प्रधानमन्त्री जस्तो व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिले पार्टीको प्रतिष्ठासँगै अन्तर्राष्ट्रिय सम्बन्धमा असन्तुलन आउने बताएका थिए ।

पार्टीको बैठकमा भएको कुरा र दिल्लीको मिडियाको कुरा मिल्न गयो । यसबारे गम्भीर छलफल हुनुपर्ने भन्दै प्रधानमन्त्री ओली जंगिएका थिए ।

प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस