नेपाल शिक्षक महासंघले बुझायो, सुनछहरी गाउँपालिका अध्यक्षलाई ध्यानाकार्षण पत्र

१६असार, पोबाङ । सुनछहरी गाउँपालिका अध्यष आशबहादुर पुनलाई नेपाल शिक्षक महासंघ सुनछहरी गाउँपालिले ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासंघले कोरोना विरुद्धको खोपको व्यवस्था, विद्यालय कर्मचारी र बालविकास सहयोगी कार्यकर्ताको तलब भक्ता न्युनतम १५ हजार, नेपाल सरकार र महासंघ वीच भएका सम्झौताहरु कार्यान्वयनको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

कोरोना विरुद्ध खोपको व्यवस्था नहुँदासम्म शैक्षिक सत्र सञ्चालन गर्ने महासंघ सुनछहरी गाउँपालिकाका सहसचिव रेगबहादुर पुनले जानकारी दिए ।

महासंघको ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिका अध्यक्ष आशबहादुर पुनले कोरोना विरुद्धको खोपको बारे विभिन्न निकायसँग समन्वय गरी राखेकोले छिट्टै शिक्षकहरुले खोप लगाउन पाउने आश्वासन दिए ।

पालिका भित्रका बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुलाई नेपाल सरकारले निर्धारण गरे अनुसार न्युनतम पारिश्रमिकको व्यवस्था क्रमश गर्दै जाने नीति तथा कार्यक्रम ल्याएको बताए ।

बालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरुको तलब प्रत्येक वर्ष २/२ हजारका दरले बढाउदै जाने व्यवस्था गरेका छौँ । आगामी आर्थिक वर्षदेखि पालिकाको आन्तरिक स्रोतबाट बालविकास सहयोगि कार्यकर्ता र विद्यालय कर्मचारीको तबल २/२ हजारका दरले वृद्धि हुने उनले बताए ।

प्रकाशित मिति : २०७८ असार १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस