गण्डकी प्रदेशमा बुधबार थप २८ कोरोना संक्रमित

१७ असार, काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप २८ जना कोरोना संक्रमित पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति : २०७७ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस