१७असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा्) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बुधबार निधन भएका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको बताइएको छ । ।

बैठकमा ५ जना नेताहरूले आ—आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। कमिटीको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको छ ।