१७असार,राेल्पा । रोल्पामा एक जनाले क्वारेन्टिनमै झुन्डिएर आत्महत्या गरेका छन् ।
दुवैबाट गत १० गते रोल्पा आएका गंगादेव गाउँपालिका वडा नम्वर ५ का ३१ वर्षीय पुरुषले आज साढे १ बजे तिर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
क्वारेन्टिनहरु खाली नभएपछि गाउँकै काका नाता पर्नेको घरमा उनी एक्लै बस्दै आएका थिए । घरको छानाको धुरीबलामा झुन्डिएको अवस्थामा उनकै १० वर्षका छोराले देखेर परिवारमा खवर गरेको प्रहरीले जनाएको छ ।
भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएकाहरुले सँगै बस्न नमानेपछि उनकै बुवाले आफ्नो आफ्न्तको खाली घरमा होम क्वारेन्टिनमा राख्नको लागि लगेको गंगादेव गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष मान बहादुर डाँगीले बताएका छन् ।
साथै खानको लागि दाल, चामल नुन तेल चिनि, चिउरा सबै वडाले दिएको डाँगीले बताए । के कारणले आत्महत्या गरे भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।