झम्सिखेलमा प्रचण्ड–माधव समूहको बेग्लै बैठक

१७असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद चुलिएका बेला झम्सिखेलमा प्रचण्ड र माधव समूहको बेग्लै भेला भइरहेको छ।

स्थायी कमिटीको बैठकस्थगित भएको केही घण्टापछि प्रचण्ड र माधव नेपाल समूहका नेताहरु झम्सिखेलको एक रेस्टुरेन्टमा बेग्लै छलफलका लागि जुटेको स्रोतले जनाएको छ।

छलफलमा प्रचण्ड र माधव समूहका स्थायी कमिटी सदस्य तथा मन्त्रीहरुसमेत सहभागी छन्। झम्सिखेलको भेलामा पूर्वमाओवादी तर्फका रामबहादुर थापा बादलसमेतको सहभागिता रहेको स्रोतले जनाएको छ।

पछिल्लो समय पार्टीभित्र अन्तरविरोध चर्किन थालेपछि केपी ओली र प्रचण्ड दुबै पक्षका गुटका बैठकहरु सुरु भएका हुन्।

अहिले प्रचण्ड र माधव समूहको बैठकमा पुगेका गृहमन्त्री थापा बिहान बालुवाटारमा आयोजित ओली समूहको बैठकमा पनि सहभागी भएका थिए।

प्रकाशित मिति : २०७७ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस