१७असार, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ४८ हजार ८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४ लाख १० हजार ५७७ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ९९१ संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३ लाख ९९ हजार ४७५ पुगेको छ ।
प्रकाशित मिति : २०७८ असार १७ गते बिहिवार


