लुम्बिनीका राज्यमन्त्री शर्माले दिइन् राजीनामा

१८ असार, बुटवल । लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् ।

जनता समाजवादी पार्टी (जसपा) को प्रदेशसभा सदस्य समेत रहेकी सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् ।

जसपाको सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख छ ।

लुम्बिनी प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका ४ सांसद मन्त्री बनेका थिए।

प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस