प्रतिनिधिसभा निर्वाचनका लागि अर्थले छुट्यायो ७ अर्ब ७२ करोड

१८असार,काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन-२०७८ को सञ्चालन, व्यवस्थापन तथा आवश्यक सामग्री खरिदमा उक्त रकम खर्च हुने मन्त्रालयले जनाएको छ ।

२६ कात्तिकमा पहिलो चरण र ३ मंसिरमा दोस्रो चरणमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको अभाव हुन नदिने गरी मन्त्रालयले उक्त सहमति दिएको छ ।

प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस