यस्तो छ तपाईंको आजको राशिफल

आज २०७७ असार १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ।

मेषः दिन प्रतिकूल रहनेछ । अनावश्यक घमण्ड हानिकारक रहन सक्नेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ । धैर्य गर्नु पर्ने देखिन्छ ।

वृषः दिन अत्युत्तम छ । यात्राको योग छ । व्यापार व्यवसाय र पारवहन कार्य निकै सहज रहनेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ ।

मिथुनः दिन सार्थक छ । शत्रु परास्त हुनेछन् । आटेको काम सहज रूपमा बन्नेछ । आत्मबल वृद्धि हुनेछ । दीर्घकालीन काम बन्नेछ ।

कर्कटः दिन उचित खालको छ । बौद्धिक काम गरिनेछ । प्रतिस्पर्धामा काम बन्नेछ । स्वास्थ्य पनि अनुकूल रहनेछ ।

सिंहः दिन प्रतिकूल छ । स साना समस्याले दुःख दिनसक्नेछ । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ । हरेक कामप्रति सावधानी अपनाउनु पर्नेछ ।

कन्याः दिन अनुकूल छ । निर्णायक कामको जिम्मा बढ्नेछ । सामाजिक दायित्व थपिनेछ । यश, कीर्ति मिल्नेछ ।

तुलाः दिन उत्तम छ । वाक्शक्ति र अर्थशक्तिमा वृद्धि हुनेछ । मीठो बोलीले प्रसन्न्ता प्रदान गर्नेछ । खानपानका विशेष परिकारहरु मिल्नेछ ।

वृश्चिकः दिन भाग्यवर्धक रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । बौद्धिक तथा सिर्जनात्मक काम गरिनेछ । उच्चस्तरीय भेटघाट हुनेछ ।

धनुः दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । व्यवहारिक कठिनाइले सताउनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

मकरः दिन अनुकूल छ । आयआर्जन र विद्याबुद्धि बढ्नेछ । महिलाका तर्फबाट फाइदा हुने देखिन्छ । मन प्रसन्न रहनेछ ।

कुम्भः दिन ठिक छ । निर्णय गर्ने बानीको विकास हुनेछ । प्रतिष्ठित व्यक्तिसँग भेटघाट हुनेछ । आटेको काम बन्नेछ । सम्मानित भइनेछ ।

मीनः दिन उचित छ । धार्मिक क्षेत्रमा विस्तार हुनेछ । दानपुण्यले मन रमाउनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । शरीर स्वस्थ रहनेछ ।

प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस