भारतमा गुण्डाहरूको आक्रमणबाट ८ प्रहरी मारिए

१९असार, नयाँदिल्ली । एक कुख्यात अपराधी पक्राउ गर्न गएको भारतीय प्रहरी टोलीविरुद्ध अन्धाधुन्द गोली प्रहार हुँदा डीएसपीसहित आठ प्रहरी मारिएका छ भने कैयौं घाइते भएका छन् । अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

बिहीबार राति कुख्यात अपराधी विकास दुवेलाई पक्राउ गर्न कानपुरको चौबेपुरस्थित बिकरु गाउँमा पुगेको प्रहरीको टोलीलाई आपराधिक समूहले अन्धाधुन्ध गोली बर्साएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस क्रममा गोली लागेर डेप्टी एसपी देवेन्द्र मिश्रा, तीन सबइन्स्पेक्टर र चार कन्स्टेवलको मृत्यु भएको कानपुर राज्य प्रहरीका महानिर्देशक हितेषचन्द्र अवस्थलीले बीबीसी हिन्दीलाई जानकारी दिएका छन् ।

घाइते प्रहरीलाई कानपुरको रिजेन्सी अस्पताल भर्ना गयरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको अनुसन्धान भइरहेको भारतीय प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस