
१९ असार, तम्घास । गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी ढाँडफाँटमा पहिरो जाँदा दुई जना वेपत्ता भएका छन् । दुई जनालाई उद्धार जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको ।
घटनाको जानकारी पाएपछि उद्धारका लागि प्रहरी र सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । घटनास्थल सदरमुकाम तम्घासबाट करिब तीन घण्टाको पैदल दूरीमा पर्छ । पहिरोले जिल्लाका अन्य विभिन्न स्थानमा पनि क्षति पुगेको छ । कैयन घर जोखिममा परेका छन् ।
प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रवार