१९असार रोल्पा । रोल्पामा गत १७ गते झुन्डिएर आत्महत्या गरेका गंगादेव गाउँपालिका ५ का ३१ वर्षका पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले बताएका छन् ।

भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरस परिक्षण गरिएको थियो । यो सँगै रोल्पामा कोरोना भाइरस संक्रमितकोे संख्या ४८ पुगेको छ । उनी दुवैबाट गत १० गते रोल्पा आएका थिए । क्वारेन्टिनहरु खाली नभएपछि गाउँकै काका नाता पर्नेको घरमा उनी एक्लै बस्दै आएका थिए ।

परिवार, उनले भेटघाट गरेका व्यक्ति, स्वास्थ्यकर्मी तथा शव व्यवस्थापनमा खटिएका व्यक्तिहरुलाई क्वारेन्टिाइनमा राखेर कोरोना भाइरस परिक्षणका लागि स्वाब संकलन गरेर पठाउने तयारी भइरहको गाउँपालिकाले जनाएको छ ।