ओली—प्रचण्डबीचको बालुवाटार छलफल सकारात्मक

१९असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा तीनघण्टा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पष्पकमल दाहालसहितका नेताहरुबीच छलफल भएको हो।

बैठकले पार्टी एकताको मर्मअनुरुप अगाडी बढ्ने समझदारी गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन्।

छलफल सकारात्मक दिशामा अघि बढेको र दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार भएको बताइएको छ।

छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत सहभागी थिए।

प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस