
१९ असार, काठमाडौँ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलिको समर्थनमा प्रर्दशन भएको छ ।
पार्टी भित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठिरहेको बेला प्रधानमन्त्री ओलीको समर्थनमा युवाहरुले प्रदर्शन गरेका हुन ।
प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘भारतीय विस्तारबाद नेपाल छोड’ उत्खनन् गर्नु छ कैयौं खानी, फिर्ता गर्नुछ हाम्रो कालापानी’ जस्ता नारा अंकित प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए ।
प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रवार