प्रधानमन्त्री र अध्यक्ष दुुवै नछाड्ने ओलीको अडान

१९असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान लिएका छन्। शुक्रबार प्रधानमन्त्री ओलीसँग पार्टीमा उठेको विवादबारे छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका थिए।

ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै अध्यक्ष पद नछाड्ने जवाफ प्रचण्डलाई दिएको बालुवाटार स्रोतले जनाएको छ।

ओलीले दुवै पद नछोड्ने अडान लिएपछि विवाद मिलाउने सहमतिको प्रयास असफल भएको छ।

अध्यक्ष प्रचण्डले भने पहिलेका दुई वटा सहमतिलाई आधार बनाएर अगाडि बढ्न आग्रह गरेको बताइएको छ।
शुक्रबार कुनै सहमति हुन नसकेपनि शनिबार बिहान एकपटक फेरि छलफल हुने बताइएको छ। तर, विवाद मिल्ने आधार देखिएको छैन।

शनिवारनै पार्टीको स्थायी कमिटीको बैठक बोलाइएको छ।

प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस