आज २०७७ असार २० गते शनिबारको राशिफल

आज २०७७ असार २० गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ।

मेषः दिन ठिक रहनेछ । धर्मकर्ममा मन जानेछ । अरुबाट सहयोग पाइनेछ । स्वास्थ्य सबल हुनेछ । मनमा शान्ति मिल्नेछ ।

वृषः दिन प्रतिकूल रहनेछ । मन खिन्न हुनसक्नेछ । काममा सावधानीको आवश्यकता महसुस हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

मिथुनः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । पारवहन सम्बन्धी काममा फाइदा मिल्नेछ ।

कर्कटः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । मुख्य काममा गति थपिनेछ । सौहार्दपूर्ण व्यवहारले प्रभावित पार्नेछ ।

सिंहः दिन राम्रो रहनेछ । मानसिक सन्तुष्टि मिल्नेछ । रमाइलो कार्यक्रममा सहभागी भइनेछ । प्रतिस्पर्धामा काम बन्नेछ ।

कन्याः दिन प्रतिकूल रहनेछ । काम गर्ने अनुकूल वातावरण देखिदैन । मन डराउन सक्नेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

तुलाः दिन उत्तम रहनेछ । सामाजिक कार्यक्रममा उपस्थित भइनेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

वृश्चिक :  दिन सार्थक नै रहनेछ । आम्दानी बढ्नेछ । बोलीवचनमा प्रभाव पर्नेछ । खानपानका परिकार प्राप्त हुनेछ । शरीर तन्दुरुस्त हुनेछ ।

धनु : दिन भाग्योदयकारक रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । पढाइ लेखाइमा निकै मन जानेछ । महत्वपूर्ण काम गरिनेछ ।

मकरः दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । आटेको काममा व्यवधान आउनेछ । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ ।

कुम्भः दिन अनुकूल रहनेछ । आय आर्जन बढ्नेछ । आटे ताकेको काम बन्नेछ । रमाइलो कार्यक्रममा सहभागी भइनेछ ।

मीनः दिन उत्कृष्ट रहनेछ । आटेको काममा सफलता मिल्नेछ । सामाजिक मान सम्मान पाइनेछ । जागिरको अवससर आउनसक्छ ।

प्रकाशित मिति : २०७७ असार २० गते शनिवार
प्रतिक्रिया दिनुहोस