भारतमा एकै दिन २२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि

२० असार,काठमाडौं । भारतमा एकै दिन २२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २२ हजार ७२१ जनामा संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या ६ लाख ४९ हजार ८८९ पुगेको छ ।

यस्तै एकै दिन ४४४ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ६६९ पुगेको छ ।

प्रकाशित मिति : २०७७ असार २० गते शनिवार
प्रतिक्रिया दिनुहोस