नेकपाको स्थायी कमिटी बैठक स्थगित

२० असार, काठमाडौं । नेकपा स्थायी कमिटीको आज निर्धारित बैठक स्थगित भएको छ । बैठक असार २२ गते सोमबार
बस्ने भएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले बैठक स्थगित भएको नेकपा नेताहरु बताउँछन् ।

शुक्रबार दुवै अध्यक्षले छलफल गर्ने र शनिबार स्थायी कमिटी बैठक बस्ने शीर्ष तहमा सहमति भएको थियो । शुक्रबार छलफल भए पनि ओली र प्रचण्ड दुवै पुरानै अडानमा कायम भएपछि छलफलमा ठोस सहमति भएको छैन ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्ष लगायत स्थायी कमिटी बैठकमा पनि अधिकांश सदस्यहरुले ओलीको राजीनामा मागेका छन् । तर, ओलीले भने दुवै पद नछाड्ने अडान लिएका छन् ।

यही विवादका बीचमा ओलीले संसद अधिवेशन अन्त्य गरेपछि दल विभाजनको अध्यादेश ल्याउने तयारी गरिएको त होइन भनेर नेकपाका नेताहरु सशंकित भएका छन् ।

प्रकाशित मिति : २०७७ असार २० गते शनिवार
प्रतिक्रिया दिनुहोस