रोल्पामा थप २ जनामा कोरोना सक्रमण पुष्टि ,संक्रमितको संख्या ५० पुग्यो

२०असार, राेल्पा । रोल्पामा थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा सुनिलस्मृति गाउँपालिका वडा नम्बर ३ का २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।  यो संगै रोल्पामा कोरोना सक्रमितको सख्या ५० पुगेको छ ।

उनीहरू एक हप्ता अगाडि भारतमा आएर क्वारेन्टिमा बसेको  वडा सदस्य तेजकुमारी विष्टले जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : २०७७ असार २० गते शनिवार
प्रतिक्रिया दिनुहोस