दोहोरो अंकले घट्यो शेयर बजार

फाईल फोटो

२१ असार, काठमाडौँ । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दिनभर तलमाथि हुँदै बन्द हुने बेलामा ४६ दशमलव शून्य ८ अङ्कले घटेर २ हजार ३० दशमलव ५९ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ । हिजोभन्दा आज कारोबार रकममा समेत कमी आएको छ । २२९ वटा कम्पनीका ८६ लाख १३ हजार कित्ता शेयर २ अर्ब ९६ करोड ८४ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै सानिमा बैंकको प्रमोटर शेयर ३० करोड २० लाख रुपैयाँमा कारोबार भएको छ ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर १० प्रतिशत तथा आँधीखोला लघुवित्तको शेयर साढे नौ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस