युट्युबमा अश्लिल शीर्षक राखेको आरोपमा पक्राउ

२१असार, काठमाडौँ । युट्युब च्यानलमा अश्लिल शीर्षक राखेर सामग्री पोष्ट गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरापालिका–७ घर भई काठमाडौं बस्ने प्रवेश लामा छन् । २२ वर्षका प्रवेश लामाले ‘४ रियल टिभी’ नामक युट्युब च्यानलमा अश्लीलता फैलाउने भिडियो बनाएर पोष्ट गरेको ब्यूरोले जनाएको छ ।

जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले उनीमाथि विद्युतिय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेका ब्यूरोका एसएसपी नबिन्द अर्यालले रातोपाटीलाई बताए ।

प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस