
२४ असार, काठमाडौं । ब्राजिलका राष्ट्रपतिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
६५ वर्षीय राष्ट्रपति जायर बोलसोनारोले आफूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका हुन् ।
उच्च ज्वरो आएपछि सोमबार कोरोना भाइरसको परीक्षण गराएका बोलसोनारोको मंगलबार आएको रिपोर्टमा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार