बिहिबारदेखि ४ दिन भारी वर्षाको सम्भावना, सतर्क रहन अपिल

२४ असार, काठमावडौं । असार २५ देखि ४ दिन यो वर्षकै सबैभन्दा धेरै पानी पर्ने सम्भावना रहेको हुँदा सतर्क रहन अपिल गरिएको छ ।

राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार एक विज्ञप्ति जारी गर्दै असार २५ देखि २८ गतेसम्म प्रदेश १, प्रदेश २ बाग्मती र गण्डकी प्रदेशमा यस वर्षकै सबैभन्दा धेरै पानी पर्ने जनाएको हो ।

विज्ञप्तिमा पहाडी क्षेत्रका साना खोलामा समेत बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस