मधेसी समुदायमा घृणा फैल्याएको भन्दै कलाकार तथा सञ्चारकर्मी सन्दीप क्षेत्रीविरुद्ध उजुरी

२४असार,काठमाडौं । कलाकार तथा सञ्चारकर्मी सन्दीप क्षेत्रीविरुद्ध उजुरी परेको छ ।

मधेसी समुदायप्रति घृणा वा द्वेष फैलाउने र मधेशी र पहाडी सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने काम गरेको भन्दै अशोक कुमार कुशवाहाले प्रहरीमा उजुरी दिएका हुन् ।

उनले गत असार १७ गते कान्तिपुर टेलिभिजनमा प्रसारित कार्यक्रममा सार्वजनिक हित, सामाजिक सद्भाव र नैतिकता विरुद्ध रहेको भन्दै छिपहरमाई–५ निवासी कुशवाहाले उजुरी दर्ता गराएका हुन् ।

क्षेत्रीमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ को उपदफा ९१०बमोजिम ऐनको दफा दफा ६५ को उपदफा ९२० बमोजिम हदैसम्मको कारबाहीका लागि मुद्धा दर्ता भएको हो।

प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस