विद्यालय व्यवस्थापन समितिको बैठकमा बोल्दाबोल्दै मृत्यु

२४ असार, काठमाडौँ – दैलेखमा विद्यालय व्यवस्थापन समितिको बैठकमा बोल्दाबोल्दै समितिका एक सदस्यको मृत्यु भएको छ ।

भैरबी गाउँपालिका–३ जनसेवा प्रावि भुवाटाकुराका विद्यालय व्यवस्थापन समितिका सदस्य औंसे कामीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शिक्षकहरुको तलब, विद्यालयको शैक्षिक प्रशासनलगायत विषयमा छलफल भइरहेको वेला उनी एक्कासि ढलेका थिए । उनलाई अस्पताल पुर्याउँदा अस्पतलले उनलाई मृत घोषित गरेको हो ।

प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस