
२४ असार, काठमाडौँ । युरोकप फुटबलको फाइनलमा इंग्ल्यान्ड प्रवेश गरेको छ । डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।
बुधबार राति भएको खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो ।
प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार