२४असार,काठमाडौँ । सुनको मुल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ । आज चाँदीमा १० रुपैयाँले घटेर १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि १०० रुपैयाँले नै वृद्धि भएर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।