बिहेमा भीडभाड गर्नेलाई साढे ९ लाख जरिवाना

२४असार,काठमाडौँ । बिहेमा भीडभाड गरेको भन्दै प्रशासनले दुलहाको परिवार, दुलहीको परिवार र पार्टी प्यालेस सञ्चालकलाई ९ लाख ५० हजार भारु जरिवाना गरेको छ।

भारत छत्तिसगढको अम्बिकापुरमा महामारीको समयमा स्वास्थ्य मापदण्ड उल्लंघन गरेको भन्दै स्थानीय प्रशासनले उक्त जरिवाना गरेको हो।

यही दुई जुलाईमा सम्पन्न भएको बिहेमा १ हजार स्थानीय जम्मा भएको बताइएको छ। कोरोेना महामारी रोकथाम तथा नियन्त्रणका लागि भारत सरकारले बिहेमा अधिकतम ५० जनाभन्दा बढी सहभागी हुन नपाउने नियम लागू गरेको छ।

प्रशासनले पार्टी हल सञ्चालक विरेन्द्र चौरसियालाई ४ लाख ७५ हजार, बेहुलालाई २ लाख ३७ हजार र बेहुली पक्षलाई २ लाख ३७ हजार जरिवाना गरेको छ।

कोरोना भाइरसको समयमा स्वास्थ्य मापदण्ड उल्लंघन गरेको भन्दै चौरसिया होटल तथा पार्टी प्यालेस सिल गरिएको छ। एजेन्सी

प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस