रोल्पामा ८८ प्रतिशत धान रोपाइँ सम्पन्न

२४असार, रोल्पा । रोल्पामा हालसम्म ८८ प्रतिशत बराबर धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र रोल्पाले दिएको जानकारी अनुसार रोल्पामा असारको तेस्रो साताको अन्त्य सम्ममा जिल्लामा कुल धान उत्पादन हुने क्षेत्रको करिब ८८ प्रतिशत रोपाइँ सकिएको पाइएको छ । जिल्लामा अझै १२ प्रतिशत रोपाइँ गर्न बाँकी रहेको देखिएको छ ।

जिल्लामा ४५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा हालसम्म ३९ सय ६० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र रोल्पाका वागवाणी प्राविधिक अधिकृत तथा सूचना अधिकारी प्रेम बहादुर वलीले जानकारी दिए। जिल्लाको हकमा विशेषगरी माडी र लुंग्री खोलाको फाँटमा बढी धान उत्पादन हुने गरेको उनले बताए ।

त्रिवेणी गाउँपालिका, रुन्टिगढी गाउँपालिका, सुनिलस्मृति गाउँपालिका, लंग्री र माडी गाउँपालिकाको विभिन्न क्षेत्रमा धान उत्पादन हुने गर्दछ । यहाँको लुंग्री र माडी खोलाका किनारमा धान खेती बढी गर्ने गरिन्छ । यस पटक समयमै वर्षा हँदा धान रोपाइँ छिटो भएको पाईएको छ । गत वर्षको तुलनामा यसवर्ष धान रोपाइँ छिटो सुरुवात भएको थियो । 

प्रकाशित मिति : २०८२ असार २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस