२५ असार , काठमाडौं – कोरोना संक्रमित बढेपछि अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा ६ हप्ता लकडाउन गरिएको छ ।
मेलबर्नमा तीन हफ्तादेखि लगातार कोरोना भाइरसको संक्रमण बढेपछि बुधबार मध्यरातदेखि तेस्रो पटक लकडाउन घोषणा गरिएको हो ।
लकडाउनको अवधिमा मेलबर्नबासीहरू खानेकुरा किन्न, आवश्यक परेकाहरूको रेखदेख गर्न, व्यायाम गर्न र स्कुल अथवा काममा मात्र जान र आउन सक्नेछन् । त्यसैगरी रेस्टुरेन्ट र क्याफेहरूले ‘टेक अवे’ अर्थात् किनेर लाने मात्र व्यवस्था गर्न पाउनेछन् ।
प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार