सिन्धुपाल्चोकमा बाढीको बितण्डा: २ को मृत्यु, १८ जना वेपत्ता

२५ असार,काठमाडौँ। सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ । त्यस्तै, १८ जना बेपत्ता भएका छन् ।

बाह्रबिसे नगरपालिका—५ जम्बुमा गएको बाढीका कारण अरनिको राजमार्गमा क्षति पुगेको छ । घाइतेहरूको उद्धारका लागि अहिले हेलिकोप्टर पुगेको छ ।

बाढीले मध्यभोटेकोशी जलविद्युत आयोजनामा पनि क्षति हुन पुगेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस