ट्रक दुर्घटनामा चालकको मृत्यु

२५असार,ओखलढुङ्गा । ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहिबार बिहान करिब ४ः३० बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

सोलुखुम्बुस्थित सोलुखोला बेनी हाइड्रोको सामान बोकेको बा३ख ९६ नंको ट्रक दुर्घटना हुँदा ट्रकका चालक दोलखाको जिरीका २४ वर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस